बालमन्दिरका बालबालिकालाई प्रजिअ पौडेलद्धारा टीका र जमरा
मलंगवा,१२ कार्तिक । सर्लाही सदरमुकाम मलंगवा स्थित बालमन्दिरका बालबालिकाहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबाट दशैंको अवसरमा आज टीका र जमरा ग्रहण गरेका छन् ।यसरी प्रमुख जिल्ला अधिकारी पौडेलले बालबालिकाहरुलाई लगाएर एउटा कुशल अभिभावकको रुपमा उभिनु भएकोमा नेपाल बाल संगठन जिल्ला कार्य समिति सर्लाही का सभापति शमीम बाबु खानले हर्षित हुदैं खुशी ब्यक्त गरेका छन् ।