बरहथवाबाट जुआ खेल्दै अवस्थामा ६ जना पक्राउ
सर्लाही,१९ कार्तिक । इलाका प्रहरी कार्यालय सर्लाहीले जुआ खालबाट तास खेल्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका ६ बस्ने शम्भु सिहंको एकतल्ले बासले बनाएको घरमा तासबाट जुआ खेल्दै अवस्थामा नगद रु साठी हजार नौ सय पन्चानबे र भारतीय रुपैया पाच हजार दुई सय सहित ६ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धव सिहं भाटले जानकारी गराउनुभयो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । डिएसपि भाटका अनुसार पक्राउ पर्नेमा बरहथवा नगरपालिका बस्ने ६ जना रहेको छ ।

