LatestNews

सशस्त्र प्रहरीद्धारा फेरी लागुऔषधसहित एकजना पक्राउ

सर्लाही,२९ बैशाख । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भईरहेको अवस्थामा सर्लाही सदरमुकाम मलंगवामा सशस्त्र प्रहरीले आईतबार राती फेरी लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बेस क्याम्प मलंगवाबाट खटिएको प्रहरी टोलीले आईतबार राति मलंगवा वडा नम्बर–९ भारतीय बोर्डर नजिकबाट एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नम्बर–३ बस्ने बन्तीलाल यादवको छोरा अर्जुन यादव रहेका छन् ।पक्राउ परेका यादवको साथबाट वालरेक्स २५ बोतल र नाइट्रोभेट–१० टयाबलेट ७५ पिस बरामद गरीएको सीमा सुरक्षा बेस क्याम्प मलंगवाका सशस्त्र प्रहरी निरीक्षक संजीत कुमार सिंहले जानकारी दिए । औषधसहित पक्राउ परेका यादवलाई प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको सिहंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *