FEATUREDLatestNews

मलंगवामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मलंगवा,३१ असार । सर्लाही सदरमुकाम मलंगवामा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आयोजना तथा नेपाल पत्रकार महासघं सर्लाही शाखाले सहजीकरण गरेको उक्त अन्तरक्रिया कार्यक्रममा सन्चारकर्मीलाई मात्रै नभई प्रत्येक नेपाली नागरिकले माग गरे अनुरुप सार्वजनिक सुचनाहरु सम्बन्धीत निकायले समयमै उपलब्ध गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनुभयो । सूचनाको हक,सूचना प्राप्त गर्ने र यसलाई प्रयोग गर्ने तरिकाहरु र आमनागरिकहरुलाई कसरी सूचना दिने भन्ने विषयमा समेत प्रजिअ जिसीले प्रष्ट पारेका थिए । नेपाल पत्रकार महासघं सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सम्मपन्न उक्त कार्यक्रममा सुचना प्रवाह गर्दा जनतालाई हक अधिकार,भ्रष्टाचार नियन्त्रण,देशको लगानीको सदुपयोग र शासन प्रणाली जनतामुखी बन्ने दावी अध्यक्ष विश्वनाथ ठाकुरको रहेको थियो । साथै सुचनाको पहुँच देशैभरिका नागरिकलाई छिटो पुर्योउन त्यस प्रकार संयन्त्र नभएको भन्दै अध्यक्ष ठाकुरले सहजरुपमा छरितो सुचना पाउने मुख्य आधार राजनितिक दल र जनप्रतिनिधी भएको ठोकुवा गर्नुभयो । स्थानीय तहमा रहेका जनप्रतिनिधी र कर्मचारीहरुले समयमै जनतालाई सुचना पुर्योउने र सुचना चाहेको बेला तुरुन्त दिन र जानकारी गराउन आग्रह समेत उनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *