सर्लाही क्षेत्र नं.४ (क) मा आफनो सहज जित हुने बिरेन्द्र सिंहको दाबी
सर्लाही,२३ कार्तिक । नेपाली कांग्रेसका नेता एवं सर्लाही संसदीय निर्वाचन क्षेत्र नम्बर न–४(क) बाट प्रदेश सभा सदस्य पदका उमेदवार एवं मधेश प्रदेश सरकारका पुर्व खेलकुद मन्त्री बिरेन्द्र सिंहको समर्थनमा जनलहर बढेको छ । यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका सिंहलाई पुनः दोस्रोपटक पनि चुनाव जिताउन जनताहरु कम्मर कसेर लागिपरेको देखिएको छ । यतिबेला उनी घरदैलो अभियानमा लागेका छन् । घरदैलो अभियानको क्रममा जनताहरुको उत्साहलाई देखेर चुनावमा आफ्नो जित सुनिश्चित भएको र यस क्षेत्रका जनताले आफुलाई मतदान गर्ने छ भन्ने प्रति आफु विश्वस्त रहेको सिंहले दाबी गरेका छन् ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशको सर्लाही ४ चर्चामा छ । यहाँ पछिल्ला चुनाव जित्दै आएका अमरेश सिंह आफ्नै अहंकारले ढलेका छन् । कांग्रेसले सर्लाहीमा पार्टी निर्माणमा ठूलो योगदान गरेका नागेन्द्र कुमार रायलाई टिकट दिएको छ । सर्लाही ४ कांग्रेसको गढ नै हो । यो गढमा चुनौती दिने बलियो नेता कोही छैनन् । टिकट नपाएको र पार्टीभित्र आफ्नो शक्ति गुमेर कमजोर बनेका अमरेश बागी उठेका छन् । तै पनि यहाँ कांग्रेसलाई खासै असर परेको छैन किनकि यो कांग्रेसको गढ हो । यहाँ व्यक्ति भन्दा पार्टी संगठन बलियो छ ।
अर्कोतर्फ यहाँ गठबन्धन दल माओवादीको धोकेबाज रुप पनि देखिएको छ । आफ्नो श्रीमतीलाई समानुपातिकको एक नम्बरमा राखेका माओवादी नेता शिवपुजन यादवले गठबन्धन विपरीत यहाँ आफ्नै छोरी मधुमालालाई उम्मेदवार बनाएका छन् । गठबन्धनभित्रबाट यसरी असहयोग हुँदा पनि प्रारम्भिक सर्वेक्षण यहाँ कांग्रेस निकै बलियो देखिएको छ । यहाँ एमालेको पहिलेदेखि नै संगठन कमजोर भएकाले उम्मेदवार राकेश मिश्र प्रतिस्पर्धीका रुपमा रेसमै छैन । यसर्थ सर्लाही ४ कांग्रेसको गढ भएकाले यहाँका कांग्रेस उम्मेदवारको सफलता निश्चित रहेको कार्यकर्ताहरु बताउँछन् ।
यहाँ संघमा नागेन्द्र कुमार र प्रदेश सभा (क)मा वीरेन्द्र सिंह कांग्रेसबाट उम्मेदवार बनेका छन् । त्यस्तै माओवादी केन्द्रबाट प्रदेश ख मा फकिरा महतो उम्मेदवार छन् ।

