LatestNews

सिन्धुपाल्चोकको पहिरो पीडितलाई राहत

भदौ ३ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीका पहिरो पीडित परिवारलाई काठमाण्डौ लगायत देशका विभिन्न स्थानका युवा व्यवसायीहरुले राहत प्रदान गरेको छ ।
काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा संचालनमा रहेका द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेन रेस्टुरेन्टका संचालकहरुले पहिरो पीडितहरुलाई राहत स्वरुप २ लाख ५२ हजार ५ सय सहयोग गरेका छन् । बुधवार एक कार्यक्रमको आयोजना गरि रेष्टुरेन्टका संचालकहरुले गाउँपालिकाका उपाध्यक्ष सृजना तमाङ्गलाई रकम हस्तान्तरण गरेको छ ।
संचालकहरुको बुधवार बसेको बैठकबाट रकम हस्तान्तरण गर्ने कार्य भएको सर्लाहीको हरिवन नगरपालिका ३ बस्ने द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेन रेस्टुरेन्ट बानियाँटार जाल्पा चौक शाखाका संचालक संजिव मोक्तानले जानकारी दिए । ३० जना साथीहरुको सहयोगबाट उक्त रकम जम्मा गरिएको थियो । एक कार्यक्रमका बिच रेष्टुरेन्टका प्रमुख संचालक बसन्त तमाङ्ग लामाले गाउँपालिकाकी उपाध्यक्ष तमाङ्गलाई रकम हस्तान्तरण गरिएको हो । ३० जना साथीहरुको सहयोगबाट थोरै भएपनि पीडित परिवारको घाउमा मलहम लगाउने कार्य गरिएको मोक्तानले बताए ।
द बर्गर हाउसले यस अघि एक महिना अगाडी पनि सिन्धुपाल्चोकको बाह्रबिसे स्थित जम्बु पहिरोमा परी घाईते भएकाहरुलाई ५० हजार नगद तथा पहिरो पिडितहरुलाई ६५ बोरा चामल सहयोग गरेको थियो । ‘शितलहरको समयमा पनि हामीले विपन्न बस्तीमा पुगेर न्यानो कपडा बितरण गरेका थियौं’, मोक्तानले भने, ‘थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग गरेको हो ।’ सहयोगबाट घरबार बिहिन बनेकाहरुलाई केही सहयोग पोगोस भन्ने उदेश्यले साथीहरुले सहयोग गरेको हो ।
अविरल वर्षाका कारण साउन ३० गते पहिरो आउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिँदा ३५ जना स्थानियको मृत्यु भएको थियो । धेरै अहिले पनि हराई रहेको छ ।
द बर्गर हाउसको काठमाण्डौ लगायत देशका विभिन्न ४० स्थानमा शाखाहरु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *