News

सर्लाहीमा नक्कली नोट बरामद

  • सदाम हुसैन

सर्लाही, ०१ चैत । प्रहरीले सर्लाहीको हरिवनबाट नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका–१०, सुखेपोखरीस्थित सडक छेउमा बेवारिसे अवस्थामा छाडिएको झोलाभित्रबाट नक्कली नोट बरामद गरेको हो । केटा मानिसले भिर्ने झोलाभित्रबाट एक हजार दरको नक्कली नोट ५१ थान र नोट साइजको सादा कागज १२ बण्डल बरामद भएको हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए । बरामद गरिएको नक्कली नोट र अन्य कागज कार्यालयमा ल्याएर राखी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए । पछिल्लो समय सर्लाहीमा यसरी नक्कली नोटको प्रयोग बढ्दो छ । प्रहरीले विभिन्न समयमा त्यस्ता नक्कली नोट र यो तयार पारी प्रयोगमा ल्याउने मानिसहरुलाई पक्राउ गरी कारवाही चलाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *