News

सहिदको सम्झनामा मलंगवामा दिप प्रज्वलन

सदाम हुसैन
सर्लाही, १७ माघ । सहिदको सम्झनामा सहयोगी समाजिक विकास संस्थाले सोमबार साँझ मलंगवामा दिप प्रज्वलन गरि सहिद दिवस मनाएको छ ।
प्रजातन्त्र स्थापना तथा देश हितको लागि आफ्नो प्राणको आहुती दिएका सहिदहरुको सम्झनामा मलंगवा न.पा. वडा नं. १० स्थित सहिद चौकमा सुजित यादवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाइएको हो। दिप प्रज्वलन कार्यक्रममा आयोजक संस्थाका संस्थापक अमीत मिश्र, अहमद नुरानी, अप्सरा मल्ल, मिथिलेश पासवान, बिजय यादव लागायत ३ दर्जन भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष यादवले मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्न जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *