News

मलंगवा यातायात प्रा.लि. को अध्यक्षमा विनोद कुमार अधिकारी चयन

  • सदाम हुसैन
    सर्लाही, १७ माघ । मलंगवा यातायात प्रा.लि को अध्यक्षमा विनोद कुमार अधिकारी चयन भएका छन् । प्रा.लि को सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा भएको निर्वाचनबाट अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । प्रा.लि. को उपाध्यक्षमा दिपलाल महतो, सचिवमा मनोज साह तेली, उपसचिवमा विनोद चौधरी, कोषाध्यक्षमा रामेश्वर चौधरी तथा सदस्यहरुमा रौशन चौधरी, विमही राउत, अजय प्रसाद दास र नारायण साह पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै प्रा.लि. ले राम नरेश साह सुंडी र विरेन्द्र राय यादवलाई सल्लाहकारमा राखेका छन् । मलंगवा न.पा वडा नं. ९ स्थित बसपार्कमा सम्पन्न भएको निर्वाचन पछि मन्तव्य राख्ने क्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले यात्रुहरुलाई कुनै किसिमको असुविधा हुन नदिन यस बसपार्कलाई थप व्यवस्थित बनाउने बताउनुभयो । साथै उहाँले आवश्यक्ता अनुसार सुविधाहरु पनि बढाउँदै जाने बताउनुभयो । नगरपालिकाले बसपार्क सारेर वडा नं. २ मा लान लागेकोले यसमा बस व्यवसायीहरुको समर्थन छ की छैन भन्ने प्रश्नको जवाफ दिंदै उपाध्यक्ष महतोले नयाँ बसपार्क बजार एरिया भन्दा धेरै टाढा रहेकोले यात्रुहरुको लागि उक्त बसपार्क उपयुक्त नभएकोले आफुहरु बसपार्क सार्ने विषयमा सहमत नभएको बताउनुभयो । नयाँ बसपार्कको छेउमा जिल्ला प्रहरी कार्यालय, विद्यालय लगायत अन्य कार्यालयहरु रहेकोले हर्न बजाउँदा कार्यालय र विद्यालय संचालनमा अवरोध उत्पन्न हुने भएकोले पनि नयाँ बसपार्क उपयुक्त नभएको महतोले बताउनुभयो । त्यसैले अहिलेकै बसपार्कलाई व्यवस्थित गरेर संचालन गर्ने छौ, उहाँले भन्नुभयो । नयाँ बसपार्कमा अलपत्र अवस्थामा रहेको रात्री बस र वडा नं. २ स्थित झण्डा बजारमा लाग्दै आएका पश्चिम भेगमा चल्ने लोकल बसहरु लगाउँदा सबैलाई सुविधा हुने बस व्यवसायीहरुको भनाई छ । बजार एरियामा जथाभावी रुपमा पार्किङ गरि राखिएका टेम्पु, म्याजिक लगायतका साना सवारीसाधनहरुका कारण सडकमा जाम लाग्दै आएकोले त्यसलाई व्यवस्थित गर्न बस व्यवसायीहरुले सम्बन्धित निकाय सँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *