News

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा वृद्धको मृत्यु

  • सदाम हुसैन

सर्लाही, १२ फागुन । ठक्कर दिँदा सर्लाहीमा एक जना वृद्धको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लालबन्दी नगरपालिका ७ दुर्गा मन्दिर चोकका पैदल यात्री ७० वर्षीय मौजे साह रौनियारको मृत्यु भएको हो। रौनियारलाई लालबन्दी राजमार्ग अन्तर्गत लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालय अगाडि मोटरसाइकलले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका भएका थिए। गम्भीर घाइते रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि न्युरो अस्पताल बारा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख शान्तराम कार्कीले जनाएका छन्।प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालक महोत्तरीको गौशाला नगरपालिका ८ का २२ वर्षीय अनिल मगरलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *