News

सर्लाहीबाट नक्कली नोटसहित एकजना पक्राउ

  • सदाम हुसैन
    सर्लाही, २८ चैत । प्रहरीले सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय राम प्रसाद राय रहेका छन् । उनको साथबाट नेपाली रु १ हजार दरका २ लाख ६८ हजार नक्कली नोट बरामद गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रले जानकारी दिए । बरहथवा नगरपालिका–१७ कटानीस्थित नहरतर्फ आउँदै गरेको BR 30 M 3825 इन्डियन नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चालक रायको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । नक्कली नोटसहित पक्राउ परेका रायलाई मुद्रा सम्बन्धिको कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *