FEATUREDLatestNews

सर्लाहीमा रहस्य मै हराउँछन् अपराधका घटना, कमजोर सुरक्षा सयंन्त्र

सर्लाही,०१ असोज । सर्लाही प्रहरी अपराध नियन्त्रणमा तल्लिन रहेको बताइरहँदा गम्भीर अपराधका घटना रहस्यमै हराउने गरेको पाइएको छ । सर्वाधिक जनसरोकार र चासोका विषय बनेका अधिकांश अपराधका घटना निस्कर्षमा नपुगी बीचमै हराउने गर्दा रहस्यमै हराउने प्रबृत्ति बढेको हो ।सर्लाहीमा महेन्द्र राम मृत्युको प्रकरण सेलाउन नपाउँदै फेरी एक युवकको हत्या भएको छ । सर्लाहीको बलरा नगरपालिका–२ हाथियौल बस्ने १९ वर्षीय रोहितकुमार सिंहको हत्या भएको हो । पछिल्लो २२ गतेदेखि वेपत्ता रहेका सिंहको शव शुक्रबार घरभन्दा केही पर फेला परेको बताइएको छ । सिंह असोज २२ गते राति आफ्नो घरबाट अचानक वेपत्ता भएका थिए । खोजतलासमा जुटेका परिवार तथा आफन्तले सिंहलाई फेला पार्न नसकेपछि २५ असोजमा प्रहरीलाई जानकारी गराएका थिए । सर्लाहीका एसपी सन्तोषसिंह राठौरले सिंहको हत्या भएको र घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जानकारी दिए । ‘असोज २५ गते सिंह हराएको बारे हामीलाई जानकारी भयो, कल डिटेल्सको आधारमा खोजबिन सुरु ग¥यौं,’ एसपी राठौरले भने,‘संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ , उनीहरू भारततर्फ भागेको बुझिएको छ ।’ यता स्थानीयले जनाएअनुसार प्रहरीले सिंहका छिमेकी रामबहादुर राय र उनका तीनजना छोरा सिंहको हत्यामा संलग्न भएको हुनसक्ने आशंका गरेको छ । प्रहरीले शुक्रबार नै रायको घरमा छापामारी समेत गरेको बताइएको छ । तर, घरमा कोही फेला नपरेको स्थानीय पप्पु चौधरीले बताए । सर्वाधिक जनसरोकार र चासो बोकेका केही प्रतिनिधिमुलक यी घटनालाई मात्र हेर्ने हो भने पनि सर्लाही प्रहरीको अपराध नियन्त्रणको सकृयता रहस्यमय देखिन्छ ।सर्लाही जिल्लामै चर्चित यी घटनाको बास्तविकता सर्लाही प्रहरीले हालसम्म सार्वजानिक गर्न सकिरहेको छैन । प्रहरीले इच्छा राखेमा जस्तासुकै घटनाका दोषीलाई २४ घण्टा भित्र समाउन सक्ने क्षमता र प्रविधि भएपनि घटना सार्वजानिक गर्न नसक्नु रहस्यमय हो । अपराध रहित समाजको परिकल्पना गर्ने जिम्मेवारी लिएको प्रहरीले विभिन्न खाले नयाँ–नयाँ कार्यक्रमहरू शान्ति–सुरक्षाका लागि सञ्चालन गर्ने गरेको छ । तर, प्रहरीको अभियान अभियानमै सिमित बन्दै गए पनि सुरक्षा व्यवस्था समेत प्रश्न चिन्हको घेरामा पर्दै गएको छ । जिल्लामा जघन्य अपराधको मनोवल बढ्दै जाँदा घटना नयाँ नयाँ शैलिमा रूपान्तरित हुने क्रम बढेको छ । जसको परिणाम प्रहरीको काममाथि जनविश्वास घट्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *