Latest

नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

१२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको बताए ।

आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पारिवारिक कामले राजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने ।

उनले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उनले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *