संसद विघटनको विरोधमा ब्रह्मपुरी गाउँपालिकामा विशाल बिरोध प्रदर्शन
सर्लाही,१२ पुस । संसद विघटनको विरोधमा ब्रह्मपुरी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले विशाल बिरोध प्रदर्शन गरेको छ । जसपाले घोषणा गरेको ५ दिने आन्दोलनको कार्यक्रम अन्तर्गत आज (आईतबार) ब्रह्मपुरीमा विशाल बिरोध प्रदर्शन गरिएको हो । प्रधानमंत्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारी द्वारा प्रतिनिधि सभा विघटन गरेर ल्याएको असंवैधानिक कदमको विरुद्धमा गरिएको बृहत विशाल बिरोध प्रदर्शनमा ओलीको असंवैधानिक कदमको विरूद्व चर्को नारा लगाईएको थियो । संसद विघटन गरी प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम चालेको भन्दै जसपाका नेता तथा ब्रह्मपुरी गाउँपालिकाका मेयर बिनोद साहले प्रधानमन्त्रीको निरकुंश प्रवृतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए ।

