News

सर्लाहीमा हज यात्राका लागि ४१ जनाको आवेदन

सदाम हुसैन

सर्लाही, ०४ चैत । सर्लाहीबाट सन् २०२३ को हज यात्राका लागि ४१ जनाले आवेदन दिएका छन् । नेपाल हज समितिले गएको फागुन ४ गते सूचना निकाली साउदी अरबमा हज गर्न जान इच्छुक इस्लाम धर्मावलम्वीका लागि आज (चैत ४ गते) सम्मको म्याद दिएर आवेदन भर्न आब्हान गरेको थियो । एक महिनाको अवधिमा हज यात्राका लागि जिल्ला प्रशासन कार्यालय मलंगवामा ४१ जनाको आवेदन परेको हो ।

हज यात्रामा जान इच्छुकको कार्यालय आफैले आवेदन भरिदिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए । नेपालबाट हज यात्राका लागि यो वर्ष १२०० जनाको कोटा निर्धारण भई आएकोमा सर्लाहीबाट भने ४१ जनाको आवेदन परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *