EducationNews

सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिने

  • सदाम हुसैन
    सर्लाही, १० चैत सर्लाहीमा माध्यमिक शिक्षा परीक्षाको तयारी तीव्र पारिएको छ । यही चैत १७ गतेदेखि सुरु हुने एसइइ सञ्चालनका लागि धमाधम तयारीको काम अघि बढेको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको हो । सर्लाहीबाट यस वर्षको एसर्इर्इमा करिव ११ हजार विद्यार्थी सामेल हुँदैछन् ।परीक्षामा सहभागी हुन जिल्लाभर १० हजार ९१६ जना विद्यार्थीले फारम भरेका छन् । साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले कक्षा १० को अध्ययन पूरा गरी एसइइ दिन लागेका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताए । कुशवाहाका अनुसार परीक्षा सञ्चालनका लागि अहिले प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम भइरहेको छ । एसइइ सञ्चालनका लागि जिल्लाभर ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो । एसइइमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । प्रायः परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसइइ सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहले बताए । एसइइ सञ्चालनका लागि चैत १० गते प्रदेश राजधानी जनकपुरमा मधेश प्रदेशस्तरीय अभिमुखीकरण राखिएको छ । प्रदेशको अभिमुखीकरण सकिएपश्चात जिल्लामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षलगायतलाई अभिमुखीकरण प्रदान गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *