सर्लाही ४ मा बिरेन्द्र सिहंकै चर्चा
सर्लाही,२५ कार्तिक । प्रतिनिधि तथा प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. ४ मा जताततै ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंकै चर्चा रहेको छ । चुनाव आफुले नै जित्ने काग्रेस उम्मेदवार बिरेन्द्र सिहलें दाबी गरेका छन् । उनले भने, ‘क्षेत्रमा मैले गरेको विकास नै मेरो जित्ने आधार हो । यस क्षेत्रमा गठबन्धन बलियो रहेको धनकौल गाउँपालिकाका रंजित ठाकुरले बताए ।यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका सिंहलाई पुनः दोस्रोपटक पनि चुनाव जिताउन जनताहरु कम्मर कसेर लागिपरेको देखिएको छ । घरदैलो अभियानको क्रममा जनताहरुको उत्साहलाई देखेर चुनावमा आफ्नो जित सुनिश्चित भएको र यस क्षेत्रका जनताले आफुलाई मतदान गर्ने छ भन्ने प्रति आफु विश्वस्त रहेको सिंहले दाबी गरेका छन् ।

