सर्लाहीबाट ठूलो मात्रामा गाँजा बरामद
- सदाम हुसैन
सर्लाही, १४ चैत्र । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका वडा–११ बाट करिब दुई सय किलो अवैध लागू औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १० नम्बर हेड क्वाटर गणबाट खटिएको शसस्त्र प्रहरीको टोलीले गम्हरीया स्थित झिमनदी किनारबाट एक सय ८८ किलो लागुऔषध गाँजा बरामद गरेको गणपति शसस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार गम्हरिया स्थित झिम खोला बाँध नजिकैबाट लुकाई छिपाई भारततर्फ लैजाँदै अवस्थामा सो मात्रामा गाँजा बरामद भएको हो । गस्ती टोलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेको भण्डारीले जनाएको छ ।