धनुषामा महेन्द्र प्रसाद महतोको असुली आतंक
धनुषा, २७ फागुन । जिल्ला प्रहरी कार्यालय धनुषामा दरवन्दी रहेको वरिष्ठ हवलदार महेन्द्र प्रसाद महतोको असुली आतंकले धनुषाका ब्यापारीहरु त्रसित बनेका छन् । विगत १० वर्षदेखि धनुषामा रहदै आएका महतोको विभिन्न सन्दिग्ध ब्यक्तिहरुसगं सम्बन्ध रहेको र हरेक ब्यापारीसगं नाजायज रुपले रकम असुलि गर्दै आएका छन् । तस्कर र ब्यापारी सगं महिनावारी रकम लिने, सामान समातेर थप पैसा पनि लिने र अहिले ती तस्कर र ब्यापारीहरूसगं अग्रिम महिनावारी भनेर रुपैया माङ्ग्ने गरेको धनुषाका एक ब्यापारीले बताए । आफू डिआइजि का घुमवा हु भनेर वरिष्ठ हवलदार महतोले तस्करहरुसंग माेटाे रकम असुलि गर्दै आतंक मच्चाएको जनगुनासो दिनप्रतिदिन बढदै गएको छ । स्रोतका अनुसार कतिपय कपडा व्यावसायिसङ महिनावारी रुपैया बुझेर महतोले आफै खटेर कपडाकाे तस्करी गराइरहेकाे छन् । महतोको अवैध असुलिबारे जिल्ला प्रहरी कार्यालय धनुषाले समेत जानकारी पाएपनी अझै कुनै कारवाही अगाडि बढाउन सकेकाे छैन्न । केही दिनमात्र धनुषामा संचालित केही हाेटल तथा लजवालाहरुसगं महिनावारि (मासिक रकम ) उठाउनेमा नाम आएको महतोले अझै अवैध असुलीको धन्दालाई तिब्रता दिएको । यदि समयमै महतोको अवैध असुली र अमर्यादित गतिविधि रोकिएन भन्ने प्रहरी बिभाग नै बदनाम हुनेमा दुई मत देखिएको छैन ।

