सर्लाहीको हरिपुरमा झुन्डिएको अवस्थामा युवती मृत फेला
सदाम हुसैन–
सर्लाही, २८ जेठ । सर्लाहीको हरिपुरमा झुन्डिएको अवस्थामा युवती मृत फेला परेकी छिन। जिल्लाको हरिपुर नगरपालिका– ३ , फरहदवामा शनिबार एक जना युवती आफ्नै घरमा मृत फेला परेकी छन्। मृत भेटिएकी युवती सोहि ठाउँकी २२ वर्षीया इला खातुन रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आफ्नै घरका सासु ससुराले कुटपिट गरेको र त्यसपछि उनको मृत्यु भएको, र घटनालाई लुकाउनका लागि उनलाई झुन्ड्याईएको स्थानीयले बताएको पाईएको छ । शनिबार साँझ नै उनको शव पोस्टमार्टम गरेर घर लिने क्रममा उनलाई मारेको र दोषीले कारवाही नपाउँने भन्दै उनको शव अस्पतालबाट बुझ्ने समूहले नै सडकमा शवलाई राखेर प्रदर्शन गरेको थियो, त्यसपछि प्रहरीले उक्त घटनाका बिषयमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाही र पिडितलाई न्याय दिलाउने प्रतिबद्धता गरेपछि उनीहरुले शवलाई हटाएका र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले बताउनु भयो।