News

पर्सा गाउँपालिकामा ६ दिने योग शिविर शुरु

  • सदाम हुसैन
    सर्लाही, १० चैत । सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको पर्सा गाउँपालिकामा आज (शुक्रबार) बाट ६ दिने योग शिविर सुरु भएको छ । नेपाल राष्ट्रिय बैजु माध्यमिक विद्यालय पर्सा–२, संग्रामपुरको प्राङ्गणमा सुरु भएको योग शिविरको आज बिहान सबेरै गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय ‘विस्पत’ ले उद्घाटन गरेका हुन् । पर्सा गाउँपालिकाका स्थानीय वासिन्दालाई स्वस्थ राख्ने र योगप्रति आकर्षित गर्ने उद्देश्यले निःशुल्क रुपमा योग शिविर आयोजना गरिएको जनाएको छ । इच्छुकले शिविरमा सहभागी भई योग सिक्न सक्नेछन् । मानिसको विलासी तथा तनावपूर्ण जीवनशैलीमा अहिले योगको महत्व निकै बढ्दो छ । पर्सा गाउँपालिका वडा नं। २ का वडाध्यक्ष राकेश रामको अध्यक्षतामा आयोजित योग शिविरको उद्घाटन कार्यक्रममा अन्य जनप्रतिनिधि, आयुर्वेद चिकित्सक, विद्यालयका प्रधानाध्यापक, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयवासीको उपस्थिति रहेको थियो । सहभागीलाई हरिपूर्वा आयुर्वेद औषधालयका प्रमुख डा। सन्जय कुमार यादवसहित योग प्रशिक्षक धीरेन्द्र सिंह, राजाराम ठाकुर, सुजित कुमार साह र आयुर्वेदका अन्य कर्मचारीले योग गर्न सिकाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *