LatestNews

चक्रघट्टा गाउँपालिकाद्धारा सुरक्षाकर्मीलाई विपद् व्यवस्थापन उद्दार सामग्री प्रदान

सर्लाही,०६ साउन । चक्रघट्टा गाउँपालिकाले विपद् व्यवस्थापनका लागि चाहिने उद्दार सामग्री सुरक्षाकर्मीलाई आज प्रदान गरेको छ । बाढीबाट हुने अपूर्णिय मानवीय र भौतिक क्षतिलाई मध्यनजर गर्दै गाउँपालिका प्रमुख बिक्रम राय यादवले सुरक्षाकर्मीलाई डोरी,आईफज्याकेट, हेल्मेट, रेनकोट, टिउब, टोर्च लाईट, त्रिपाल लगायतका चाहिने आवश्यक उद्दार सामग्रीहरु आज प्रदान गरेका हुन । लगातारका अबिरल बर्षाका कारण सर्लाही जिल्ला नै डुबानको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका प्रमुख यादवले सबैलाई सचेत रहन आग्रह समेत गर्नुभएको छ । प्रत्येक वर्ष सर्लाहीमा आउने बाढीले कैयौँ जनाको ज्यान जाने गरेको छ भने कैयौं विस्थापित हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *