News

मलंगवादेखि गैरसम्मको सडकमा कालोपत्रे थपिँदै

  • सदाम हुसैन
    सर्लाही, २९ चैत । सर्लाहीको नवलपुर–मलंगवा सडकअन्तर्गत सदरमुकाम मलंगवादेखि गैरसम्मको खण्डमा कालोपत्रे थप्ने काम चलिरहेको छ । मलंगवालाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने यो प्रमुख मार्गमा हालको कालोपत्रेमाथि नै कालोपत्रे थप गर्ने काम भइरहेको हो । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर शिवनारायण साहले मलंगवादेखि गैर बजारसम्मको १२।५ किलोमिटर खण्डमा माथिबाट अर्को लियरको कालोपत्रे थप गर्ने काम भइरहेको बताए । प्राविधिक रुपमा यसलाई ‘अस्फाल्ट ले’ भनिन्छ । यसरी कालोपत्रे थपिएपछि सडक थप मजबुत हुने इन्जिनियर साहले बताए ।ढुकुचु कन्ष्ट्रक्सनमार्फत सडकमा कालोपत्रे थप गर्ने काम भइरहेको हो । नवलपुर–मलंगवा सडक अन्तर्गत मलंगवादेखि गैरसम्मको सडक अहिले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर मातहत आएको छ । गैरदेखि नवलपुर खण्डको सडकलाई पनि हुलाकी सडक आयोजनाबाट कार्यालय मातहत ल्याउन पहल भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले बताए । वर्षौसम्म असाध्य जिर्ण अवस्थामा रहेको नवलपुर–मलंगवा सडक तीन वर्षअघि कालोपत्रे भएको हो । सडक कालोपत्रे भएपछि अहिले पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्न निकै सहज भइरहेको स्थानीयले बताएका छन् । जिल्लामा अहिले पूर्व–पश्चिम हुलाकी सडकमा पनि धमाधम कालोपत्रेको काम चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *