बयलवासबाट फरार अभियुक्त पक्राउ
- सदाम हुसैन
सर्लाही, १२ फागुन । सर्लाहीको ईश्वरपुरमा अदालतबाट २३ महिना कैद र ४६ लाख रुपैयाँ जरिवाना तोकी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । ठगी मुद्दामा फरार रहेका ईश्वरपुर नगरपालिका–७, बस्ने ५२ वर्षका नागेश्वर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सर्लाही जिल्ला अदालतबाट २३ महिना कैद र ४६ लाख १९ हजार १२३ रुपैयाँ ४४ पैसा जरिवाना तोकी फरार रहेका महतोलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । महतोलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्दा कैद भुक्तानका लागि सिन्धुली कारागार चलान गर्न आदेश भएको प्रहरी निरीक्षक केसीले बताए । उनका अनुसार हाल केशरगन्ज प्रहरीको हिरासतमै रहेका महतोलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको छ । सर्लाही प्रहरीले अहिले फरार अभियुक्त पक्राउ अभियान नै संचालन गरिरहेको छ ।