LatestNewsPolitics

अरुकोे धरातलै छैन, मेरो जित निश्चित छ : बिरेन्द्र सिहं

सर्लाही,०१ मंसिर । सर्लाही क्षेत्रनं ४ को ९क० प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले सर्लाहीमा अरुको धरातलै नरहेकोले आफनो जित निश्चित रहेको बताउनुभयो । मधेश प्रदेश सरकारका पुर्व खेलकुद मन्त्री समेत रहेका सिंह प्रचारप्रसारको अवधि सकिंदै गर्दा सिहंले आम नागरिकमा उत्साह पाएको छु । मैले यसअघि जस्तो माया पाएको थिएँ त्यो यसपटक दोब्बर देखियो । यो क्षेत्रको प्रदेशसभा सदस्य हुँदा र सरकारमा मन्त्री हुँदा मैले आफूले सकेको काम गरेको कुरा मतदाता माझ सर्वबिद्धितै छ । त्यसको लागि पनि मैले धेरै ठाउँबाट प्रशंसा र माया पाएँ । माहोल असाध्यै राम्रो छ । चुनावमा सफल हुन्छु भन्नेमा ढुक्क देखिए । उनले इमानदारिताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई बहुमतले विजयी गराउन आग्रह गरे । आफ्नो क्षेत्र पछाडी परेकाले चिन्ता ब्यक्त गर्दै सिहंले निर्वाचित भएमा आर्थिक र भौतिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *