LatestNews

मौसममा बदलीसंगै तराईमा हुरीबतास चल्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं,२१ बैशाख । मौसममाबदली भए सँगै देशका धेरै ठाउँमा आईतवार पनि मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म नै देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम मात्र भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।उनका अनुसार यसकै प्रभावले आइतबार काठमाडौंसहित देशका विभिन्न ठाउँमा पानी पर्नेछ । पूर्व र पश्चिम तराईमा हुरीबतास पनि चल्ने सम्भावना रहेको उनको भनाइ छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।आईतवारको भन्दा सोमबार र मंगलबार देशभरकै मौसम अझ धेरै बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *