FEATUREDLatestNews

लकडाउनमा मलंगवामा दैनिक उपभोग्य वस्तुको मुल्यमा बृद्धि, बजार अनुगमनमा लापरवाही

सर्लाही,२२ बैशाख । सर्लाही सदरमुकाम मलंगवा बजारमा लकडाउनसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भइरहेको जनगुनासो बढे पनि अनुगमन प्रभावकारी हुन सकेको छैन । खासगरी सदरमुकाममा रहेको किराना पसलहरुले लकडाउनको फाईदा उठाउँदै दैनिक उपभोग्य बस्तुको मुल्यमा अत्याधिक बृद्धि गरिए पनि सरोकारवाला निकायले यसलाई गम्भिरताका साथ नलाग्दा उपभोक्ता मारमा परेका छन् ।कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन जारी गरेयता सर्लाही सदरमुकाम मलंगवामा खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मृल्यबृद्धि भइरहेको छ । त्यस्तै, कतिपय व्यापारीले टेलिफोन रिचार्जमा समेत बढि मुल्य लिने गरेको जनगुनासो छ ।जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयको प्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था रहेतापनि अनुगमन प्रभावकारी हुन सकेको छैन । घरेलु तथा साना उद्योग कार्यालय प्रमुख जितेन्द्र गुप्ताले कतैबाट उजुरी आए तत्काल बजार अनुगमन गरिने बताए । उनले भने– स्थानीय सरकारले बजार अनुगमन गरिरहेको थियो, तर अहिले राहत वितरण मै बढि व्यस्त देखिएको छ ।मलंगवामा तरकारी र फलफूलका साथै चामल, तेल, चिनी, नुन लगायतका दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन । लकडाउन जारी भएपछि सर्लाहीका ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तु, मोबाइल रिचार्ज कार्ड लगायतको अभाव सिर्जना गरि मूल्यबृद्धि भइरहेको गुनासो बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *