LatestNewsPolitics

सर्लाही क्षेत्र नं.४(क) मा आफुबाहेक अरुले जित्नुपर्ने आधार नै छैन : बिरेन्द्र सिहं

सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले आफुबाहेक अरु कसैले जित्नुपर्ने कुनै आधार नभएको वताउनुभयो । सिहंले सर्लाही क्षेत्र नं. ४ र प्रदेशका लागि काग्रेंस बाहेक अरूले विगतमा के गरे, त्यो सबैले देखेको बताउनुभयो । सिहंले भन्नुभयो–यस क्षेत्रको विकास, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा आफुले जित्नुपर्ने वताउनुभयो । सिहंले यतीबेला घरदैलो अभियानलाई तिव्र बनाएका छन् । उनले आफ्नो पक्षमा मतदाता रहेको र गठबन्धनको भोटका कारण आफ्नो जित पक्का रहेको दावी गरेका छन् । सत्ता गठबन्धन तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका सिहंले आफ्नो जितका लागि यतीबेला क्षेत्रभरीका मतदाताकोमा पुग्दा आफ्नो पक्षमा व्यापक जनलहर रहेको बताए । यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका सिंहलाई पुनः दोस्रोपटक पनि चुनाव जिताउन जनताहरु कम्मर कसेर लागिपरेको देखिएको छ । घरदैलो अभियानको क्रममा जनताहरुको उत्साहलाई देखेर चुनावमा आफ्नो जित सुनिश्चित भएको र यस क्षेत्रका जनताले आफुलाई मतदान गर्ने छ भन्ने प्रति आफु विश्वस्त रहेको सिंहले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *