News

मलंगवा नगरपालिकाले स्थापना दिवसको अवसरमा बिदा

  • सदाम हुसैन
    सर्लाही, १५ फागुन । मलंगवा नगरपालिकाले फाल्गुन १८ गते स्थानीय बिदा दिने भएको छ । नगरपालिकाको ३६ औ स्थापना दिवसको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको हो । मलंगवा नगरपालिकाको मिति २०७९ साल फाल्गुन ११ गतेको निर्णयअनुसार १८ गते बिहिवारका दिन यस पालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु तथा मातहतका सम्पूर्ण शैक्षिक संस्थाहरु लगायत सम्पूर्ण कार्यालयहरुमा स्थानीय बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *