सर्लाही क्षेत्र नं.४ (क) मा आफ्नो जित पक्का रहेको बिरेन्द्र सिहंको दावी
सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले यस निर्वाचनमा आफ्नो जित पक्का रहेको बताएका छन् ।
सिहंले यतीबेला घरदैलो अभियानलाई तिव्र बनाएका छन् । उनले आफ्नो पक्षमा मतदाता रहेको र गठबन्धनको भोटका कारण आफ्नो जित पक्का रहेको दावी गरेका छन् । सत्ता गठबन्धन तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका सिहंले आफ्नो जितका लागि यतीबेला क्षेत्रभरीका मतदाताकोमा पुग्दा आफ्नो पक्षमा व्यापक जनलहर रहेको बताए । यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका सिंहलाई पुनः दोस्रोपटक पनि चुनाव जिताउन जनताहरु कम्मर कसेर लागिपरेको देखिएको छ ।
घरदैलो अभियानको क्रममा जनताहरुको उत्साहलाई देखेर चुनावमा आफ्नो जित सुनिश्चित भएको र यस क्षेत्रका जनताले आफुलाई मतदान गर्ने छ भन्ने प्रति आफु विश्वस्त रहेको सिंहले दाबी गरेका छन् ।