काङ्ग्रेस को गढ मानिने सर्लाही ४ मा नागेन्द्र र बिरेन्द्रकाे जित सुनिश्चित
मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशको सर्लाही ४ चर्चामा छ । यहाँ पछिल्ला चुनाव जित्दै आएका अमरेश सिंह आफ्नै अहंकारले ढलेका छन् ।
कांग्रेसले सर्लाहीमा पार्टी निर्माणमा ठूलो योगदान गरेका नागेन्द्र कुमार रायलाई टिकट दिएको छ । सर्लाही ४ कांग्रेसको गढ नै हो । यो गढमा चुनौती दिने बलियो नेता कोही छैनन् । टिकट नपाएको र पार्टीभित्र आफ्नो शक्ति गुमेर कमजोर बनेका अमरेश बागी उठेका छन् । तै पनि यहाँ कांग्रेसलाई खासै असर परेको छैन किनकि यो कांग्रेसको गढ हो । यहाँ व्यक्ति भन्दा पार्टी संगठन बलियो छ । अर्कोतर्फ यहाँ गठबन्धन दल माओवादीको धोकेबाज रुप पनि देखिएको छ । आफ्नो श्रीमतीलाई समानुपातिकको एक नम्बरमा राखेका माओवादी नेता शिवपुजन यादवले गठबन्धन विपरीत यहाँ आफ्नै छोरी मधुमालालाई उम्मेदवार बनाएका छन् । गठबन्धनभित्रबाट यसरी असहयोग हुँदा पनि प्रारम्भिक सर्वेक्षण यहाँ कांग्रेस निकै बलियो देखिएको छ । यहाँ एमालेको पहिलेदेखि नै संगठन कमजोर भएकाले उम्मेदवार राकेश मिश्र प्रतिस्पर्धीका रुपमा रेसमै छैन । यसर्थ सर्लाही ४ कांग्रेसको गढ भएकाले यहाँका कांग्रेस उम्मेदवारको सफलता निश्चित रहेको कार्यकर्ताहरु बताउँछन् ।
यहाँ संघमा नागेन्द्र कुमार र प्रदेश सभा (क)मा वीरेन्द्र सिंह कांग्रेसबाट उम्मेदवार बनेका छन् । त्यस्तै माओवादी केन्द्रबाट प्रदेश ख मा फकिरा महतो उम्मेदवार छन् ।