FEATUREDLatestNews

सर्लाहीमा लकडाउन खुकुलोपछि सुन बेचेर नुन किन्दै उपभोक्ता

सर्लाही, ०६ असार । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि विश्व नै तीन महिनादेखि लकडाउनमा छ । लकडाउनले गर्दा विश्व अर्थतन्त्र नै तहसनहस भएको छ । यसको प्रभावबाट सर्लाही जिल्ला पनि अछुतो छैन । सर्लाही सदरमुकाम मलंगवा तीन महिनासम्म लकडाउनमा रहेपछि खुलेको सुनचाँदी व्यवसायमा व्यवसायीहरुले दैनिक कारोबार १० प्रतिशत पनि नभएको गुनासो गर्न थालेका छन् भने सुनचाँदी पसल खुल्दा सुन किन्न आउने भन्दा पनि बेच्न आउने ग्राहकको भिड लागेमा नियन्त्रण गर्न नसक्ने बताउदै आएका छन् ।कोरोनाले विश्वलाई त्रसित बनाई रहेता पनि विश्व बजारमा नै सुनको मूल्यबृद्धि भइरहेको छ । यसको असर नेपाली बजारमा पनि परेको छ । सुनको मूल्य पछिल्लो समय लगातार रुपमा बढ्दै गएको छ । लकडाउन पछि सुनको मूल्य बढेर अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । लकडाउनले व्यापार व्यवसाय बन्द हुँदा व्यवसायीहरु सटर भाडा र कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेका छन् । तर, व्यवसाय सञ्चालनमा आएसँगै सुनचाँदी पसलमा किन्ने भन्दा पनि बेच्नको लागि आउनेहरुका लागि थप पैसाको व्यवस्था गर्नु परेको मलंगवाका व्यवसायीहरुले बताएका छन् ।सर्लाही सदरमुकाम मलंगवा बजारमा व्यवसायीहरुले उपभोक्तालाई सुन बिक्री गरेको र उपभोक्ताले किनेको बिलका आधारमा केही जर्ती कटाएर किन्ने गरेका हुन्छन । तर कोरोना भाइरसको प्रभावसँगै लकडाउनपछि व्यवसायीहरु देखि सामान्य मानिसहरु समेत आर्थिक रूपमा कमजोर भएका छन् । यसले गर्दा सर्वसाधारणलाई आर्थिक संकट परेकाले आफूसँग भएको सुनका गरगहना बिक्री गरेर पैसाको जोहो गरी बिहान बेलुकाको दुई छाक टार्नको लागि नुन किन्ने पहिलो विकल्पका रुपमा लिन सक्ने पाइएको छ ।कोरोनाका कारणले सुन व्यवसायी मात्रै नभएर यतिबेला सबै क्षेत्रका मानिसहरु समस्यामा परेकाले विहान बेलुका खानको लागि वा भएको केहि ऋण तिर्नको लागि भए पनि गरगहना बिक्री गरेर संकट टार्न सक्ने सम्भावना बढी रहेको सुनचाँदी व्यवसायी सत्यनारायण अग्रबालले बताए ।उनले भने, ‘सुनको मूल्य आकाशिएर ९० हजार पुगेकाले सुन किन्न आउने सम्भावना कम रहन्छ, बरु यो बेला बेच्नेको भीड लाग्न सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *