सर्लाहीमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५९४ पुग्यो
सर्लाही, ०९ असार । सर्लाहीमा आज (मंगलबार) फेरी थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।संक्रमित हुनेहरु बरहथवा नगरपालिका र हरिपुर्वा नगरपालिकाका रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।बरहथवा नगरपालिकामा १ जना र हरिपुर्वा नगरपालिकामा १ जना गरी दुई जना र सोमबार मात्र ईश्वरपुर नगरपालिकामा ३२ जना र बरहथवा नगरपालिकामा १५ जना गरी एकै साथ ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

