BusinessLatestNews

जसपाका मेयर र उपमेयरका उम्मेदवार जनताका समर्थनका साथ घरदैलोमा ब्यस्त

सर्लाही,१८ बैशाख । जसपाबाट मलंगवा नगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार चुनावी अभियानमा ब्यस्त रहेका छन् । जसपाबाट उम्म्ोदवारी दर्ता गराएका निर्वतमान मेयर निरसल साह र उपमेयर पानो देवी नगरमा घरदैलोमा जुटेका हुन । चुनाबी घरदैलोमा पुगेका साह र पानो देवीले मलंगवा नगरपालिकाको बिकासका लागि आफुहरुले प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । उनिहरुले नगरको भौतिक पुर्बाधार निर्माण, शिक्षा, स्वास्थ्य र समृद्धिका लागि आफुहरुले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्दता जनाएका छन । चुनावी अभियान सशक्त रुपले अगाडी बढाएको मेयर र उपमेयरले चुनाव नजिक आइसकेकाले मतदाता भेटघाटलाई पारेका हुन् । विगत ५ वर्षदेखि स्थानिय सरकारको अनुभुति गर्न पाएका वडा वासिले निर्वतमान मेयर निरसल साह र उपमेयर पानो देवीलाई जिताउने अठोट गरेका छन् । नगर भित्रका सबै क्षेत्रलाई सम्बोधन गर्ने तिन दर्जन बढि घोषणा पत्र र प्रतिबद्दता बोकेर टोलटोमा छिरेका उनिहरुलाई नगरवासिले आशा र भरोसाको नजरले देखेका छन् । गत स्थानिय तहको चुनावमा गरेका प्रतिवद्दता पुरा गर्दै नगरवासिको मन जितेका जसपा उम्मेदवारका जनप्रतिनिधि साहलाई पुन नगरवासिले नगरप्रमुखको रुपमा हेर्न रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *