LatestNews

वडाअध्यक्ष मुकेश झा द्धारा विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण

मलंगवा, ०९ साउन । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष मुकेश झाले एक विपन्न तथा अपांग परिवारलाई नयाँ घर निर्माण गरी आज हस्तान्तरण गरेपछी उनीहरुको मुहारमा खुशी फर्किएको छ । वडानम्बर १० मा बस्ने गरीब तथा अपागं योगेन्द्र चौधरी र निजकी श्रीमती रामपुकरिया देवीलाई वडास्तरीय बजेटबाट तिनकोठाको घर निर्माण गरी वडाअध्यक्ष झाले आज उनिहरुलाई सांचो जिम्मा लगाउनुभएको हो ।
गरीब तथा अपागं योगेन्द्र चौधरीको छोरा नरहेको र कष्टकर जीवन बिताउँदै आएका उनको परीवारलाई नवनिर्मित घर हस्तान्तरण गर्न पाउँदा वडाअध्यक्ष झाको अनुहारमा खुशी तथा सन्तोष देखिएको थियो ।आफनो वडाको दुई अती गरीब परिबार मध्ये एक जनालाई आज घर हस्तान्तरण गरीएको छ भने एउटा परिवारलाई प्रदान गरीने घर अझै निर्माणाधिन अवस्थामा रहेको वडाअध्यक्ष झाले बताउनुभयो । ’यि दुई परिवारलाई मात्र नभई आफुले वडा नम्बर १० का दुःख पाएका हरेक व्यक्तिलाई आफनो सामथ्र्यले भ्याएसम्म सहयोग गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *