BusinessTechnology

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोमा पाँच अर्ब ७० करोड डलर लगानी गर्दै फेसबुक

फेसबुकका सीईओ मार्क जुकर बर्गले भारतको टेलिकम कम्पनी रिलायन्स जियोमा पाँच अर्ब ७० करोड डलर लगानी गर्ने भएको छ ।

अमेरिकाको लगानीसँगै भारतीय रिलायन्स जियो अर्बपति हुनेछ । भारतीय रिलायन्स जियोमा अमेरिकाको फेसबुकको शेयर ९ दशमलव ९ प्रतिशत हुनेछ । लगानीपछि फेसबुक कम्पनीको दोस्रो सबैभन्दा ठूलो शेयरधनी बन्नेछ ।

हाल यो कम्पनीका ३८ करोड ८० लाखभन्दा धेरै ग्राहक रहेको जनाइएको छ । रिलायन्स जिओ कम्पनी मुकेश अम्बानीको स्वामित्वको रिलायन्स इन्डस्ट्रिज लिमिटेड अन्तर्गतमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *