News

नागरिकता विधेयकको पक्षमा मलंगवामा प्रदर्शन

सदाम हुसैन–
सर्लाही, २२ जेठ । नागरिकता विधेयकको पक्षमा सोमबार सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले हिजो मात्रै अन्तरिम आदेश दिएको थियो । त्यसको भोलीपल्ट नागरिकता विधेयकको पक्षमा नागरिकताविहीन संघर्ष समिति सर्लाहीले सर्लाही जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेको हो । सहभागीले टायरबालेर नाराबाजीसहित प्रदर्शन गर्दा हामी अनागरिक कहिलेसम्म ?, संविधानको धारा लागू गरलगायतको नारा लगाएका थिए । संघर्ष समितिका अध्यक्ष अंकित साहको नेतृत्वमा सहभागीले टायर बालेर अदालतको गेट हुँदै विभिन्न माग राखी जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि पुगेर नाराबाजी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *