डुबानमा सर्लाही, सरकारको रबैया पुरानै
सर्लाही,०५ साउन । अबिरल बर्षाका कारण वर्षौदेखी बाढीको पिडा खेप्दै आएको सर्लाही यसपालिपनि डुबानमा परेको छ । सोमबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलंगवा सहित ग्रामिण भेगहरु जलमग्न भएको छ । अबिरल बर्षाले सर्लाही सदरमुकाम मलंगवा सहित ग्रामिण भेगहरु समेत डुबानमा परेको छ । सर्लाही सदरमुकाम मलंगवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले मलंगवा सहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।लखनदेही नदीमा पानीको बहाब बढेसँगै सर्लाही जिल्लाका स्थानीयहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । मलंगवा नगरभित्रै पनि पानीको उचीत निकास नभएकोले घरहरुमा पानी पसको छ । जिल्लाको ग्रामिण भेगमा किसानहरुले रापेको धानबाली पनि डुबानमा परेको छ । जिल्लाका किसानहरु मार्कामा परेका छन् । नदीहरुमा पानीको बहाब उच्च भएपछि खेत, खलियान, घर, गाउँ सबै डुबानमा पर्न थालेको छ । तर, प्रदेश सरकार र स्थानीय सरकारले पुरानै रबैया दोहरयाउने नियत देखिएको छ । बाढी पछि हुने अपूर्णिय मानवीय र भौतिक क्षतिपछि राहत दिने र सोही राहतको नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने प्रवृतिलाई निरन्तरता दिने सँकेत देखिएको छ । प्रत्येक वर्ष आउने बाढीलाई मध्यनजर गर्दै दीर्घकालिन योजना नै नबनाएर माटो, गिटी हालेर जनतालाई भुलाउने गरेको छ । सोही खण्डमा आउने बाढीले कैयौँ जनाको ज्यान गएको छ भने कैयौं विस्थापित हुने गर्दछ ।

