सर्लाहीमा नागरिकता विधेयक विरुद्ध जसपाको प्रदर्शन
सर्लाही, १६ असार । नागरिकता विधेयकको विरुद्ध जनता समाजवादी पार्टी ले सर्लाहीमा मगंलबार विरोध प्रदर्शन गरेको छ । विधेयकले विभेदकारी व्यवस्था गरेको भन्दै विरोध प्रदशन गरेको हो ।प्रदर्शनमा सहभागीहरुले नागरिकता विधेयक खारिज गर, विधेयकमा छोरा र छोरीबीच विभेद अन्त्य गर लगाउनुकासाथै सरकारको विरुद्ध नारा लगाएका छन् ।आयोजित प्रदर्शनमा जनता समाजवादी पार्टीका नेता तथा प्रदेश नं.२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भने राज्य व्यवस्था समितिले बहुमतबाट पारित गरेको नेपाल नागरिकता ऐेन संशोधन विधेयकमा संशोधन हुनुपर्ने बताए ।नागरिकता विधेयकमा विभेदकारी व्यवस्था राख्न नहुने प्रष्टयाउदै उनले भने, ‘देश कुनै निश्चित भूगोल मात्र होइन ? हिमाल, पहाड र मधेस नै समग्र देश हो ।’त्यस्तै, प्रदर्शनमा बोल्दै जसपाका युवा नेता तथा संघीय सांसद प्रमोद साहले भने, ‘नागरिकता देशका सबै नागरिकको नैसर्गिक अधिकार हो ।’कसैलाई अनागरिक बनाउने र समानताको युगमा पनि महिला र पुरूषबिच विभेद गर्ने गरी बनेको यो विधेयक सच्याइनुपर्ने जायज माग भएको प्रदेश मामिला सभापति एवं सांसद अशोक कुमार यादवले उद्घोष गरे । विधेयक समानतामा आधारित र न्यायोचित नभएसम्म जनता समाजवादी पार्टी सडकदेखि सदनसम्म अनवरत रुपले संघर्षमा नै रहने सांसद यादवले जनाए ।नागरिकता विधेयकविरुद्ध निकालिएको प्रदर्शन ¥याली सदरमुकाम परिक्रमा गर्दै सहिद चोकमा गएर कोणसभामा परिणत भएको थियो ।प्रदर्शन कार्यक्रममा जसपाका जिल्ला तहका नेता एवं कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो ।

