News

जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रमको शुरुवात

  • सदाम हुसैन
    सर्लाही, २९ फागुन । जिल्ला सुुरक्षा समिति सर्लाहीले ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरेको छ । ‘व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ सोमबार पहिलो पटक चक्रघट्टा गाउँपालिकाबाट यो अभियानको सुरुवात गरिएको हो । काम गर्ने शिलशिलामा सुरक्षा निकायले पालिकासँग गरेको अपेक्षा र पालिकाहरुले सुरक्षा निकायबाट गरेको अपेक्षाका विषयमा वृहत छलफल गर्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले आपसी अन्तक्र्रियापछि सेवा प्रवाह अझ चुस्त र जनमैत्री बन्ने विश्वास व्यक्त गरे । जिल्लाका २० वटै पालिकामा यस प्रकारको कार्यक्रम गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताए । चक्रघट्टामा सोमबार भएको पहिलो कार्यक्रममा जिल्ला सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी र सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीको उपस्थ्तिि थियो । यसैगरी, गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत संजिवकुमार यादव, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *