FEATUREDNewsSports

गढीमाईलाई ८ विकेटले पराजित गर्दै सर्लाही एकेडेमी फाइनलमा

मलंगवा,१० चैत । सर्लाहीको मलंगवामा जारी खुल्ला टी–ट्वन्टी क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा गढीमाई जमुनियालाई ८ विकेटले पराजित गर्दै सर्लाही एकेडेमी मलंगवा फाइनलमा प्रबेश गरेका छन् ।दुर्गा पुजा समिति जिल्ला विकास चोक मलंगवा १० ले तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले व्याटिङ गरेको गढीमाई जमुनियाले निर्धारित २० ओभरको खेलमा १८.१ ओभरमा अलआउट हुदैं १ सय ५ रन मात्र बनाएका थिए । गढीमाईका लागि इर्शाद खानले सर्बाधिक २० रन बनाएका थिए । गढीमाईलाई सस्तोमै समेट्ने क्रममा सर्लाही एकेडेमीका तुषार कुमारले ४ विकेट लिएका थिए । १ सय ६ रनको लक्ष्य पच्छयाउन आएका सर्लाही एकेडेमीले ८.१ ओभरमै २ विकेट गुमाउँदै जित हात पारेको छ । सर्लाहीका लागि नजारेले नटआउट ५८ रनको पारी खेलेका थिए । २५ बलको सामना गर्दै नजारेले ५ छक्का र ३ चौका प्रहार गर्दै टिमलाई जिताएको आयोजक समितिका सदस्य मुकेश प्रजापतिले जानकारी दिएका छन् । नजारेसगैं ओपनिङ्ग गर्न आएका हैदरले पनि २३ बलमा ४७ रन बनाएका थिए । गढीमाईका लागि कोपीकान्तले मात्र २ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सर्लाहीका लागि ४ विकेट लिने खेलाडी तुषार कुमारलाई प्रदान गरिएको छ । तुषारलाई आयोजक समिति अध्यक्ष रामकेवल रायले ट्रफी प्रदान गरेका छन् । बुधवार हुने दोस्रो सेमीफाइनल खेलमा लक्ष्मी दुई मलंगवा र सनराइज मदनपुरका बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रवार हुने भएको छ । प्रतियोगिताको बिदेतालाई नगद रु १ लाख र उप बिजेतालाई नगद रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *