News

कबिलासिमा राधाकृष्ण दिव्य धाम निर्माण हुने

  • सदाम हुसैन

सर्लाही, १३ बैशाख । भारतको मथुरा जिल्लामा पर्ने वृन्दावन धार्मिक हिसावले प्रसिद्ध भूमि हो । द्वापर युगमा भगवान श्रीकृष्णले गाई चराएको र बाल्यकाल यही विताएकोले यो धार्मिक हिसावले निकै नै प्रसिद्ध छ । आज पनि वृन्दावनको अवलोकन र भ्रमणका लागि संसारभरका मानिसहरु वृन्दावन पुग्ने गर्दछन् । यता नेपालको सर्लाही जिल्ला कविलासी नगरपालिका १० पिडार चोकमा मिनी वृन्दावनको परिकल्पनासहित श्री राधाकृष्ण दिव्यधाम निर्माण गरिने भएको छ । दिव्यधाम निर्माणका लागि आगामी जेष्ठ मासमा यहाँ ऐतिहासिक विराट श्रीमद भागवत महापुराण अष्टोत्तर शत् (१०८) सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । भक्तिसागर फाउण्डेशन, अष्टोत्तर महायज्ञ मूल समारोह समितिले आयोजना गर्न लागेको ऐतिहासिक महायज्ञमा आचार्य श्री सागर जी महाराज प्रमुख वाचक रहनुहुने छ । यहाँ मिनी वृन्दावन निर्माण गर्ने उदेश्यहेतु महायज्ञ आयोजना गर्न लागिएको प्रमुख वाचक आचार्य श्री सागरजी महाराज र महायज्ञ संयोजक पुरुषोत्तम झाले महायज्ञ आयोजना स्थलमै पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

महायज्ञबाट ५५ लाख भन्दाबढी दान सहयोग संकलन गरिने र संकलित रकमबाट(श्रीराधाकृष्ण दिव्यधाम) मिनी वृन्दावन निर्माण गरिने प्रमुख वाचक आचार्य श्री सागरजी महाराजले बताए । उनले महायज्ञ सफल बनाउनमा स्थानीय, बुद्धिजीवी, समाजसेवी, धार्मिक व्यक्तित्व र पत्रकारहरु समेतको मुख्य भूमिका हुनेभएकोले पवित्र धाम निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

महायज्ञ अवधिभर भव्य मेलाको समेत आयोजना हुने महायज्ञ मूल समारोह समितिका संयोजक झाले बताए ।उनले आज पनि नेपालबाट हजारौं मानिसहरु वृन्दावन जाने गरेको बताउनुहुँदै यही मिनी वृन्दावन निर्माण भए यहीका मानिसहरुले लाभ लिने बताए । उनले यो पवित्र धार्मिक कार्यमा सहयोग गरिदिनुहुन सबैलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *