LatestNews

कविलासी नगरपालिकामा ४४९४ घरधुरिलाई राहत वितरण

सर्लाही,१७ बैशाख । बिश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनबाट प्रभावित अति विपन्न परिवारको लागि प्रदेश २ अन्तरगत सर्लाहीको कविलासी नगरपालिकाले राहत वितरण कार्यक्रम शुरु गरेको छ । नगरपालिका भित्रका अति विपन्न ४४९४ घरधुरिको लागि राहत वितरण कार्यक्रम शुरु गरेको हो ।राहत वितरण कार्यक्रम अन्तर्गत अति विपन्न प्रत्येक घरपरिवारलाई २५ केजि मन्सुली चामल ,३ केजि मसुरो दाल,१ लिटर खानेतेल ,१केजि नुन वितरण गरिदै आएको छ । राहत कार्यक्रमबाट नगरपालिका वडा नम्बर १ मा ४१३ घरधुरी , वडा नम्बर २ मा ४५६ घरधुरी, वडा नम्बर ३ मा ४५४ घरधुरी, वडा नम्बर ४ मा ४४४ घरधुरी, वडा नम्बर ५ मा ३५० घरधुरी, वडा नम्बर ६ मा ४०५ घरधुरी, वडा नम्बर ७ मा ५४८ घरधुरी,वडा नम्बर ८ मा ६५० घरधुरी,वडा नम्बर ९ मा ४३३ घरधुरी, र वडा नम्बर १० मा ३४१ घरधुरिका सदस्यहरु ल्गायतका लाभान्वित हुने नगरपालिका प्रमुख कौशल किशोर यादवले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *