LatestNews

अझै छैन मौसममा सुधारको संकेत, तीन दिनसम्म पानी पर्ने

काठमाडौं,२३ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा अरु दुई दिन देशभरको मौसम सुधार नहुने भएको छ ।महाशाखाका अनुसार विहिबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी क्षेत्रमा बदली भइ वर्षा भइरहेको छ ।मगंलबार बिहानै देखी मुलुकका अधिकांश स्थानमा वदली भइ पश्चिमका अधिकांश क्षेत्र तथा मध्य र पूर्वका केही स्थानहरुमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *