FEATUREDLatestNews

हरिवनमा वर्षाको पानीमा नुहाएर घर फर्किदा लडेर एक शिशुको मृत्यु

सर्लाही ,२० वैशाख । सर्लाहीको हरिवनमा लडेर एक शिशुको मृत्यु भएको छ । हरिवनमा नगरपालिका १ भोक्टेनिमा शुक्रबार वर्षाको पानीमा नुहाएर घर फर्किदा आफै अनियंत्रित भई लडदा चार वर्षीय शिशुको ज्यान गएको हो । स्थानिय सदाम साह फकिरको छोरा अफसल साह फकिर आफनै घरको आगँनमा नुहाएर घर फर्केपछी चुलेसिमा लडेका थिए । नवालकलाई उपचारको लागि स्थानिय डावरी बजार स्थित समान्य उपचार पश्चात थप उपचारको लागि हरिवन स्थित नमुना अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतकलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मलंगवामा पठाईको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *