सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु
सर्लाही,२९ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिक–१ नन्देश्वरीका ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ ।स्थानीय सामुदायिक वनमा घाँस काट्न रूखमा चढेको अवस्थामा हाईटेक पावरको तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नमूना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

