सर्लाहीमा एक साता निषेधाज्ञा थप
सर्लाही,०८ भाद्र । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्लाही जिल्लामा थप एक साताका लागी निषेधाज्ञा लम्ब्याइएको छ ।जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकले भदौ १४ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको जनाइएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दो क्रमम रहेका यहाँका बरहथवा, हरिपुर, लालबन्दी, इश्वरपुर, हरिवन, कविलासी, गोडैता र मलंगवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाले निषेधाज्ञा थप कडाइ गरेका छन्।

