News

विष्णु गाउँपालिकामा सय थान कम्बल वितरण

  • सदाम हुसैन
    सर्लाही, १५ माघ । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा शनिबार सय घरधुरी अतिविपन्न, गरिब र दलित परिवारलाई एक÷एक थान कम्बल वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फबाट चिसो प्रभावित उनीहरुलाई कम्बल वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रमुख सेनानी अभिषेक कार्की, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सन्जिव सापकोटालगायत भएर कम्बल वितरण गरेका जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले संघ र प्रदेश सरकारबाट प्राप्त बजेटले अहिले चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *