FEATUREDLatestNews

मलंगवा बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती

मलंगवा,१२ कार्तिक । सर्लाही सदरमुकाम मलंगवा बजारमा बजार अनुगमन नहुँदा चाडपर्वको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य वस्तु बिक्रीमा राखेको पाइएको छ । मलंगवा नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ । मुलुकी सहिंता ०७५, उपभोक्ता संरक्षण र कालोबजारी ऐनमा व्यवसायीले वस्तुको वास्तविक मूल्यभन्दा २० प्रतिशत बढी रकम लिएर खरिद–बिक्री गर्न पाउने व्यवस्था छ । ऐनमा वस्तुको मूल्य, उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य राख्नुपर्ने र म्याद गुज्रेको सामान बिक्री गर्न नपाउने व्यवस्था छ । तर, मलंगवाका अधिकांश व्यवसायीले ऐन उल्लंघन गरी व्यापार गरिरहेका छन् । अनुगमनको जिम्मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हकहित संरक्षण मञ्च, भन्सार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य संघको हुन्छ । तर, मलंगवामा समन्वय अभावले अनुगमन प्रभावकारी हुन सकेको छैन । सबै कार्यालयले संयुक्त बजार अनुगमन गरे मात्रै प्रभावकारी हुने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *