News

मलंगवामा लुकाएर राखिएको हतियार बरामद

  • सदाम हुसैन
    सर्लाही, ०६ बैशाख । सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले बुधबार दिउँसो घरमा लुकाइ राखिएको अवैध हतियार बरामद गरेको छ । मलङ्गवा नगरपालिका–१ भेडहियाका अवध रायको घरमा लुकाइ राखिएको एक थान अटोमेटिक पेस्तोल, एक थान खुँडा र एक थान चक्कु बरामद भएको हो । अबधको परिवारका सदस्य भने फरार छन् । प्रहरीले अबधको आगनमा पार्किङ गरी राखिएको इन्जिन नम्वर केरमेट भएको र नम्वर समेत नराखिएको १५० सीसीको एक थान पल्सर मोटरसाइकल बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अवधका दुई छोरा इन्द्रजित र रञ्जितले नेपाल–भारत सीमा क्षेत्रमा अवैध काम गर्ने गरेको खुलेको र उनीहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार विशेष सुराकीको आधारमा अबधको घर खानतलासी गर्न जाँदा अन्न राख्ने टिनको ड्रमभित्रबाट हतियार बरामद भएको हो । बरामद गरिएको हतियार र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखेर प्रहरी थप अनुसन्धानमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *